सिगास १ मा कांग्रेसका ऐरी विजयी


बैतडी ।

बैतडीको सिगास गाउँपालिका(१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामचन्द्र ऐरी प्यानलसहित विजयी भएका छन् । ऐरी ३४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गगनसिंह धामीले २८४ मत प्राप्त गरेका छन् ।

पराजित भएका धामी यसअघि २०७४ को चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले विजयी भएका ऐरी यसअघिको चुनावमा धामीसँगै पराजित भएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।