हेटौंडामा १२५० मत गन्दा मेयर र उपमेयरमा गठबन्धन अगाडि


हेटौंडा ।

हेटौंडा उमहानगरपालिकाको एक हजार २५० मत गन्दा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । हेटौंडाको वडा नम्बर १, २, १८ र १९ को मतगणना भइरहेको छ ।

एक हजार २५० मत गन्दा मेयरमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ३८८ मत प्राप्त गर्दै अग्रता लिएकी हुन् ।

नेकपा एमालेको तर्फबाट अनन्त पौडेले ३७० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंहले ३४२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा गठबन्धनको नेपाली कांग्रेसका राजेश बानियाँले ५७५ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने एमालेकी सुमित्रा काफ्लेले ४०८ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ८८ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।