हेटौंडा र थाहामा ७१ प्रतिशत मतदान



हेटौंडा ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत् हेटौंडा उपमहानगरपालिका १९ वटा वडामा ७४ हजार १ सय ८५ जनाले मतदान गरेका छन् । कुल १ लाख ४ हजार ४ सय ७३ जनामध्ये ७१ प्रतिशत् मतदाताले मतदान गरेको रिपोर्ट प्राप्त भएको छ ।

जसमध्ये हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा ३ हजार २ सय ९३ जनाले मतदान गरेका छन् । उक्त वडामा ४ हजार ७ सय ८८ मतदाता थिए । जसमध्ये लगभग ६९ प्रतिशतले मतदान गरेका हुन् ।वडा नम्बर–२ मा ३ हजार २ सय ८६ जनाले मतदान गरेका छन् । कुल ५ हजार ८५ मतदाता रहेको वडामा लगभग ६४ प्रतिशतले मतदान गरेका हुन् । वडा नम्बर–३ मा ३ हजार ३ सय ७५ जनाले मतदान गरेका छन् । कुल ४ हजार ५ सय ६६ मतदाता रहेको वडामा लगभग ७४ प्रतिशतले मतदान गरेका छन् ।

वडा नम्बर–४ मा ५ हजार ७७ जनाले मतदान गरेका छन् । कुल ८ हजार ४ सय २५ मतदाता रहेको वडामा लगभग ६० प्रतिशतले मतदान गरेका छन् । वडा नम्बर–५ मा ५ हजार १ सय ९६ जनाले मतदान गरेका छन् । कुल ७ हजार ९ सय २७ मतदाता रहेको वडामा लगभग ६६ प्रतिशतले मतदान गरेका छन् । वडा नम्बर–६ मा ३ हजार ४ सय ९८ जनाले मतदान गरेका छन् । कुल ४ हजार ७ सय ३५ मतदाता रहेको वडामा लगभग ७४ प्रतिशतले मतदान गरेका हुन् ।

वडा नम्बर–७ मा २ हजार ९ सय ४० जनाले मतदान गरेका छन् । कुल ३ हजार ८ सय ५३ मतदाता रहेको वडामा लगभग ७६ प्रतिशतले मतदान गरेका हुन् । वडा नम्बर–९ मा ४ हजार ४ सय १ जनाले मतदान गरेका छन् । कुल ६ हजार ५ सय १० मतदाता रहेको वडामा लगभग ६८ प्रतिशतले मतदान गरेका हुन् । वडा नम्बर–१० मा २ हजार ४ सय २१ जनाले मतदान गरेका छन् । कुल ३ हजार ६ सय ८० मतदाता रहेको वडामा लगभग ६६ प्रतिशतले मतदान गरेका हुन् ।

वडा नम्बर–११ मा ४ हजार १ सय ६८ जनाले मतदान गरेका छन् । कुल ६ हजार २ मतदाता रहेको वडामा लगभग ७० प्रतिशतले मतदान गरेका छन् । वडा नम्बर–१२ मा ४ हजार ५ सय २५ जनाले मतदान गरेका छन् । कुल ६ हजार ४ सय ६५ मतदाता रहेको वडामा लगभग ७० प्रतिशतले मतदान गरेका छन् ।वडा नम्बर–१३ मा ३ हजार ९ सय ५१ जनाले मतदान गरेका छन् । कुल ५ हजार ४ सय ५५ मतदाता रहेको वडामा लगभग ७३ प्रतिशतले मतदान गरेका छन् । हेटौंडा–१४ मा ३ हजार १ सय १० जनाले मतदान गरेका छन् । कुल ४ हजार १ सय ७६ मतदाता रहेको वडामा लगभग ७५ प्रतिशतले मतदान गरेका छन् ।

वडा नम्बर–१५ मा ४ हजार २ सय ४९ जनाले मतदान गरेका छन् । कुल ५ हजार ७ सय ४७ मतदाता रहेको वडामा लगभग ७४ प्रतिशतले मतदान गरेका छन् । वडा नम्बर–१६ मा ३ हजार ७ सय ४५ जनाले मतदान गरेका छन् । कुल ४ हजार ८ सय ८६ मतदाता रहेको वडामा लगभग ७७ प्रतिशतले मतदान गरेका छन् । वडा नम्बर–१७ मा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका छन् । कुल ५ हजार ३ सय मतदाता रहेको वडामा लगभग ७३ प्रतिशतले मतदान गरेका छन् ।

वडा नम्बर–१८ मा ४ हजार ४९ जनाले मतदान गरेका छन् । कुल ५ हजार ५ सय २८ मतदाता रहेको वडामा लगभग ७३ प्रतिशतले मतदान गरेका छन् । वडा नम्बर–१९ मा ३ हजार ९ सय २५ जनाले मतदान गरेका छन् । कुल ५ हजार २ सय ५० मतदाता रहेको वडामा लगभग ७५ प्रतिशतले मतदान गरेका हुन् ।थाहा नगरपालिकामा २३ हजार ५६ जनाले मतदान गरेका छन् । नगरका १२ वटा वडामध्ये वडा नम्बर–१ मा २ हजार ६ सय ४५ मतदाता रहेकोमा २ हजार १ सय ७ मत, वडा नम्बर–२ मा ३ हजार ३ सय ३४ मतदाता रहेकोमा २ हजार २ सय ७८ मत, वडा नम्बर–३ मा २ हजार ८ सय ९ मतदाता रहेकोमा १ हजार ९ सय ६३ मत, वडा नम्बर–४ मा २ हजार ४ सय मतदाता रहेकोमा १ हजार ६ सय ४३ मत, वडा नम्बर–५ मा १ हजार ८ सय ३४ मतदाता रहेकोमा १ हजार २ सय ८६ मत, वडा नम्बर–६ मा ३ हजार २ सय ८९ मतदाता रहेकोमा २ हजार ४ सय ५७ मत, वडा नम्बर–७ मा ३ हजार ३ सय ८२ मतदाता रहेकोमा २ हजार ३ सय ६५ ले मतदान गरेका छन् ।

वडा नम्बर–८ मा २ हजार ३ सय ९९ मतदाता रहेकोमा १ हजार ६ सय ९३ मत, वडा नम्बर–९ मा ३ हजार ८७ मतदाता रहेकोमा २ हजार १ सय ५३ मत, वडा नम्बर–१० मा २ हजार २ सय ९८ मतदाता रहेकोमा १ हजार ७ सय ८ मत, वडा नम्बर–११ मा २ हजार ५ सय ३० मतदाता रहेकोमा १ हजार ७ सय ७२ मत र वडा नम्बर–१२ मा २ हजार ३ सय मतदाता रहेकोमा १ हजार ६ सय ३१ मत खसेको निर्वाचन अधिकृत तीर्थराज भटराईले बताउनुभयो । उक्त नगरमा कुल ३२ हजार ३ सय ७ मतदातामध्ये २३ हजार ५६ मत खसेको थियो । नगरमा करिब ७१ प्रतिशत मत खसेको बताइएको छ ।

पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा ७२ दशमलव २६ प्रतिशत मत खसेको छ । स्थानीय निर्वाचनमा कुल मतदाता २९ हजार ९ सय ४३ जनामध्ये २१ हजार ६ सय ३८ जनाले मतदान प्रकियामा भाग लिएको निर्वाचन अधिकृतको कार्यालय बकैयाका निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिनुभयो । उहाँले १२ वटै वडामा ११ हजार ३५ पुरुष र १० हजार ६ सय २ महिला र १ जना अन्य गरी २१ हजार ६ सय ३८ जनाले मतदान गरेको बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिकामा १३ हजार ९ सय ५३ मतदाताले मतदान गरेका छन् । शुक्रबार भएको स्थानीय निर्वाचनमा ८ वटै वडामा गरी १३ हजार ९ सय ५३ जनाले मतदान गरेको जनाइएको छ । १९ हजार १ सय १८ मतदाता रहेको गाउँपालिकामा १३ हजार ९ सय ५३ जनाले मतदान गरेका हुन् ।

वडा नम्बर–१ मा १ हजार ९ सय ६७ मतदातामध्ये १ हजार ४ सय ५९ जनाले मतदान गरेका छन् भने वडा नम्बर–२ मा ३ हजार ८० मतदातामध्ये २ हजार २ सय ८१ मत खसेको मतदान अधिकृतहरुले जनाएका छन् । वडा नम्बर–३ मा २ हजार ५ सय ८४ मतदाता रहेकोमा १ हजार ९ सय २६ मत खसेको थियो । वडा नम्बर–४ मा भने २ हजार २ सय १८ मतदातामध्ये १ हजार ५ सय ८४ मत खसेको थियो ।वडा नम्बर–५ मा ३ हजार १२ मतदातामध्ये २ हजार २ सय २८ मत खसेको मतदान अधिकृत विकास श्रेष्ठले बताउनुभयो । वडा नम्बर–६ मा भने २ हजार ४ सय ७३ मतमध्ये १ हजार ७ सय ४६ मत खसेको जनाइएको छ ।

वडा नम्बर–७ मा कुल मतदाता २ हजार २ सय ७३ रहेकोमा १ हजार ६ सय ४८ मत खसेको छ र वडा नम्बर–८ मा कुल मतदाता १ हजार ५ सय २२ मा १ हजार ८१ मत खसेको जनाइएको छ ।सबै वडाहरुमा शान्तिपूर्णढंगले मतदान भएको थियो । निर्वाचन अधिकृतको कार्यालय मक्राञ्चुलीमा सबै वडाहरुको मतपत्र ल्याइएको र सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत नारनप्रसाद पोखरेलले बताउनुभयो ।

भीमफेदी गाउँपालिकामा ७० प्रतिशत मत खसेको छ । कुल १७ हजार ४ सय २८ मतदाता रहेको पालिकामा १२ हजार १ सय ६५ मत खसेको निर्वाचन अधिकृतको कार्यालय भीमफेदीका निर्वाचन अधिकृत रुद्रहरी भण्डारीले जानकारी दिनुभएको छ । उहाँले पालिकाका ९ वटै वडाबाट मतपेटिका संकलन भएको र सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्