सर्वदलीय बैठकपछि महालक्ष्मीको मतगणना सुरु



ललितपुर ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणनाका लागि बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु भएको छ । लहालक्ष्मी नगरकी मतगणना अधिकृत सुशीला ज्ञवालीका अनुसार शुक्रबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि मतगणना हुन सकेको थिएन ।

तर, अहिले सर्वदलीय बैठकको सहमतिअनुसार मतगणनाका लागि मतपेटिका खोलिएको अधिकृत ज्ञवालीले जानकारी दिइन् । प्रतिनिधि विवाद र उम्मेदवार नभएको चिह्नमा मत परेको सम्बन्धमा विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्