स्याङ्जाको वालिङमा जिप दुर्घटना १३ जनाको मृत्यु १२ घाइते


स्याङ्जा ।
स्याङजा वालिङ न. पा.१४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसल तर्फ जाँदै गरेको ग. २ च. ३०२६ नं।को जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खस्दा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

बिहान करिब १०: २० बजेको समयमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिनुभयो । घाइतेलाई पोखरा GMC अस्पताल पठाईएको र एक जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।