एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हाल्दा…


काठमाडाै‌ं ।  काभ्रेकाे चाै‌ंरीदेउराली गाउँपालिकामा मतदानकाे क्रममा विवाद उत्पन्‍न भएकाे छ । विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेकाे काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जाेशीले बताए

उनका अनुसार बैठकबाट  विवाद  निरुपण हुने र त्यसपछि  निर्वाचन हुने न्युज कारखानालाई जानकारी  दिए ।

‘अघि एकछिन विवाद भयाे । त्यस्ताे केही भएन । अहिले सर्वदीय बैठक बसिरहेकाे छ । केहीबेरदेखि फेरि मतदान हुन्छ’, उनले भने ।

एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हालेपछि विवाद भएकाे हाे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।