वीरगञ्जका मेयर उम्मेदवार गिरीले मतदान गरे



वीरगञ्ज

पर्सा वीरगञ्ज महानगरपालिकाका मेयर उम्मेदवार पत्रकार गिरीश गिरीले मतदान गरेका छन् । वीरगञ्ज-९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेको गिरीले जानकारी दिएका छन् ।

लामो समय मुलधारको पत्रकारिता गरिरहेका गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरगञ्ज मेयरमा उम्मेदवारी दिएका हुन् । वीरगञ्ज–९ स्थित रेल्वे माध्यमिक विद्यालयवाट मतदान गर्दै गर्दा मेयरका प्रत्यासी आफ्ना हजुरबुवाले सो विद्यालय स्थापना गर्न भूमिका खेलेको स्मरणसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्