काठमाडौं मेयर उम्मेदवार स्थापितले गरे मतदान



काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।

एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन् ।

शुक्रबार बिहान ७ बजेबाट देशभर मतदान सुरु भइसकेको छ । स्थापितले मतदान सुरु भएलगत्तै मत दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्