कामपामा १५६ केन्द्र, ३६३ मतदानस्थल र ३ लाख २४२ मतदाता



काठमाडौं  ।

आज हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ सय ५६ केन्द्र र ३ सय ६३ मतदानस्थल तोकिएको छ । तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् भने धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो ।

यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । सबैभन्दा कम मतदाता हुने वडा नं. १ हो । यस वडामा ३ हजार ७२९ मतदाता छन् । त्यसै गरी क्रमशः वडा नं २३ मा चार हजार ४७७ मतदाता छन् भने वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । वडा नं. २० मा ४ हजार ६१४ मतदाता छन् ।

कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन् । जसमा ३६३ वटा मतदानस्थल छन् । सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा नं. ३१ हो । यसमा ११ केन्द्र छन् ।

यसै गरी दोस्रोमा वडा नं. १६ मा १० केन्द्र छन् । वडा नं. ७ र ३२ मा ९-९ वटा केन्द्र छन् । सबैभन्दा कम अर्थात् एउटा मात्र मतदान केन्द्र भएको वडा नं.२३  हो । वडा १९, २० र २४ मा २-२ वटा मात्र केन्द्र छन् । यसै गरी वडा १, ५, ८, १२, १८ र २९ मा ३-३ वटा मतदान केन्द्र छन् ।

सबैभन्दा धेरै मतदानस्थल भएको वडा नं. १६ मा २३ वटा बुथ छन् । वडा ३१ र ३२ मा २२-२२ वटा मतदानस्थल छन् । धेरै मतदानस्थल भएको तेस्रो वडा १४ मा २१ वटा मतदानस्थल छन् ।

प्रतिक्रिया दिनुहोस्