बबई नदीमा डुबेर एक किशोरको मृत्यु



काठमाडौं । दाङमा एक किशोरको बबई नदीमा डुबेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवा गाउँका १८ वर्षीय सुरज भट्टको बिहीबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

साथीहरूसँग रमाइलो गर्न भनेर घरबाट गएका भट्टको दंगीशरण गाउँपालिका वडा नम्बर ४ स्थित बैवाङपुल नजिकै डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भट्टको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्