मधिरा पिएर मातेको झोकमा अधिकृत र प्रहरी कुट्ने सई नरेन्द्रप्रसाद भट्ट प्रहरी नियन्त्रणमा



सुर्खेत । मधिरा पिएर मातेको झोकमा मतदान अधिकृत र म्यादी प्रहरी कुट्ने सईलाई प्रहरीले नियन्त्रमा लिएको छ । पञ्चपुरी नगरको निर्वाचनमा खटेका मतदान अधिकृत र म्यादी प्रहरीेलाई कुट्ने सई नरेन्द्रप्रसाद भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पञ्चपुरी नगरपालिका–७ धनबोटमा रहेको नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका वरिष्ठ सई (प्रहरी नायब निरीक्षक) भट्टले मतदान अधिकृत, सहायक मतदान अधिकृत र ड्युटीमा खटिएका म्यादी प्रहरीलाई कुटपिट गरेका थिए ।

भट्टको कुटपिटबाट मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमलासहित केही स्थानीय र म्यादी प्रहरीहरू घाइते छन् । हिजो (बुधबार) राति उनले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन् ।

प्रहरी अधिकृतले नै मादकपदार्थ सेवन गरी मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि कुटपिट गर्नु निन्दनीय कार्य भएको भन्दै कारबाहीको प्रक्रिया सुरू गरिएको कर्णाली प्रदेश प्रहरीका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीषक राजेशनाथ बास्तोलाले बताए ।

प्रतिक्रिया दिनुहोस्