मौन अवधिको व्यापक उल्लंघन : पैसा बाँड्दा-बाँड्दै एमाले वडाध्यक्ष उम्मेदवार प्रहरी फन्दामा



सुर्खेत । मौन अवधिको व्यापक उलंघन गर्दै सुर्खेतमा मतदातालाई पैसा बाँड्दै गरेका नेकपा (एमाले)का वडाध्यक्ष उम्मेदवार प्रहरी फन्दामा परेका छन् । एमाले गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन विसी प्रहरी फन्दामा परेका हुन् ।

मतदातालाई पैसा बाँडेको सूचना आएपछि प्रहरीले हिजो (बुधबार) राति नै बिसीलाई आफ्नो फन्दामा पारेको हो । गएराति वडाको एक गाउँका मतदाताको घरमा पुगेर उनले पैसा बाँडिरहेको सूचना आएपछि प्रहरी टोली पुगेको थियो ।

त्यहाँ प्रहरी पूग्दासम्म उनले पैसा बाँडिरहेका थिए । बिसी पैसा बाँड्दा–बाड्दै १ लाख १ हजार रुपैयाँसहित पक्राउ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्