दार्जुलामा एमाले उम्मेदवारमाथि सांघातिक हमला



दार्चुला । दार्चुलामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवारमाथि सांघातिक हमला भएको छ । एमाले दुहु गाउँपालिका–५ मा वडाध्यक्षका उम्मेदवार मानसिंह बडालमाथि सांघातिक हमला भएको हो ।

हिजो राति साढे बाह्र बजेतिर ८/१० जनाको समूहले बडालमाथि सांघातिक हमला गरेको दार्चुलाका डिएसपी प्रतीक विष्टले बताए । आक्रमणमा संलग्नहरुबारे अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए ।

बडालको अनुहारमा गहिरो चोट लागेको छ भने शरीरको अन्य भागमा पनि चोटपटक लागेको छ । उनको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि धनगढी पठाइएको छ । हिजो (मंगलबार) राति १२ बजेपछि निर्वाचन आयोगले मौन अवधि घोषणा गरे पनि दार्चुलामा उम्मेदवारमाथि नै हमला भएको छ ।

मौन अवधि लागु भएको समयभित्रै उम्मेदवारमाथि आक्रमण हुनु निन्दनीय र गैरकानुनी भएको भन्दै दार्चुला एमालेले भत्र्सना गरेको छ । साथै दोषीमाथि कडा कारबाही हुनुपर्ने माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्