मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन थालियो



dtkq bdf}nL, !^ j}zfv M cfufdL j}zfv #) ut] x’g] :yfgLo txsf] lgjf{rgsf nflu tgx’F NofOPsf] dtkq . tgx’Fsf nflu b’O{ nfv ^( xhf/ yfg dtkq NofOPsf] 5 . tl:a/M s[i0f Gof}kfg]÷/f;;

तनहुँ । 

आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँले सोमबारदेखि सामग्री पठाएको छ । कार्यालयले १० वटा पालिकाका २ सय ९७ मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई सामग्री जिम्मा लगाउन थालेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र बुझेर आएका कर्मचारीलाई सामग्री वितरण थालिएको कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । नियुक्तिपत्रलाई अनलाइन सफ्टवेयरमा प्रविष्टी गरेपछि आवश्यक सामग्री प्रदान गरिँदै आएको उहाँले बताउनुभयो ।

ढकालका अनुसार कार्यालयबाट निर्वाचनका ६१ प्रकारका सामग्री वितरण थालिएको छ । मतपेटिका, परिचयपत्र, लाहाछाप, स्ट्याम्पलगायतका सामग्री दिन थालिएको हो । मतपत्र भने मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइने उहााले बताउनुभयो ।
कार्यालयले सोमबार भौगोलिक दूरीबाट टाढा रहेका मतदान केन्द्रका कर्मचारीलाई सामग्री उपलब्ध गराएको ढकालले बताउनुभयो ।

सोमबार घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकाका मतदान केन्द्रमा खटिने कर्मचारीलाई सामग्री उपलब्ध गराइएको छ भने व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई मंगलबार सामग्री प्रदान गरिएको छ ।

सोमबार ५० मतदान केन्द्रलाई सामग्री वितरण गरिएको थियो भने २ सय ४० मतदान केन्द्रले मंगलबार सामग्री पठाउको ढकालले बताउनुभयो । निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको छ ।

मतदान केन्द्रमा खटिने सबै कर्मचारी वैशाख २७ गते बेलुकासम्म सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्नेहुन्छ । मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माण लगायतका कार्य हुनेछन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले समेबारदेखि नै कर्मचारीलाई नियुक्तिपत्रसमेत वितरण गरेको थियो ।

निर्वाचनमा खटिने १ हजार ४ सय ८५ मध्ये ८ सय ९१ कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति र तलबभत्ता उपलब्ध गराइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरीशचन्द्र ढुंगानाले बताउनुभयो ।

जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी २ हजार ३ सय ७६ जनशक्ति परिचालन गरिनेछ । निर्वाचनका लागि २ सय ९७ मतदान अधिकृत, २ सय ९७ सहायक मतदान अधिकृत, ५ सय ९४ सहायक, २ सय ९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा ८ सय ९१ कर्मचारी नियुक्त गरिएको छ ।तनहुँका २ लाख ४४ हजार ३ सय ४० मतदाताले मतदान गर्दै छन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८ सय ६९ बढी मतदाता थपिएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा १ लाख ९४ हजार ४ सय ७१ मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्