काठमाडौं । आईजिपी नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिई कारण देखाऊ आदेश मात्र जारी भएको छ । मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ ।
सर्वोच्चको यो आदेशसँगै नवनियुक्त आइजिपी धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ ।











प्रतिक्रिया