निर्वाचन आयोगमाथि ओलीको आपत्ति : सूर्य चिह्न हरियो बनाउने कार्य बेठीक

0
Shares

काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिह्न सूर्यलाई हरियो बनाएको भन्दै आपत्ति जनाएका छन् ।
ओलीले आज (बिहीबार) कैलालीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सूर्य चिह्नलाई हरियो बनाएर निर्वाचन आयोगले बेठीक काम गरेको बताए ।

‘यस पटक निर्वाचन आयोगले बेठीक काम गरेको छ । चुनाव चिह्न सूर्यलाई हरियो बनाएको छ । हामीले भन्दाभन्दै पनि रुखलाई हरियो बनाउनका लागि निर्वाचन आयोगले सूर्यलाई हरियो बनायो, ओलीले भने, ‘पहिलो लहरमा सूर्य हुन्छ नझुक्किनु होला ।’