बयलगाडामा चढेर वासिङटन डिसी पुग्ने पहिलो नेपाली केपी ओली हुन् : माधव नेपाल

0
Shares

काठमाडौं । माधवकुमार नेपालले केपी शर्मा ओलीलाई बयलगाडामा चढेर वासिङटन डिसीमा पुग्ने पहिलो नेपालीबताएका छन् । आज (बिहीबार) भरतपुरमा चुनावी गठबन्धनद्धारा आयोजित खुल्ला चुनावी सभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष ओलीलाई बयलगाडाको सिद्धान्तका प्रवद्र्धक को संज्ञा दिएका छन् । उनले उक्त चुनावी सभालाई सम्बोधन गर्नेक्रममा केपी ओली कामभन्दा कुरा गर्ने गफाडीको आरोप लगाए ।

आफूहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि देशमा आन्दोलन गर्नेक्रममा ओली बडलगाडामा चढेर वासिङटन डिसीमा पुगिसकेको बताए । यस्तै नेपालले गठबन्धनकाबाट भरतपुर महानगरपालिकाको मेयरका उम्मेदजार रेणु दाहाललाई जिताउनसमेत आग्रह गरे । रेणु नेकपा (माओवादी केन्द्र)की नेतृ हुन् ।