रूकुम ।
रूकुम पश्चिममा वाइसिएलका कार्यकर्ताले प्रहरी चौकी तोडफोन गरेका छन् । तरूण दलका कार्यकर्तालाई कुट्न उनीहरूले प्रहरी चौकी तोडफोड गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र)निकट भातृ संगठन वाइसिएलका कार्यकर्ताले रूकुम पश्चिमको नुवाकोटमा रहेको प्रहरी चौकी तोडफोड गरेका छन् । नेपाली कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र लुकाएर राखेको भन्दै उनीहरूले चौकी तोडफोड गरेको बताइएको छ ।
वाइसियल र तरूण दलका कार्यकर्ताबीच झडप भएपछि सुरक्षाका लागि तरूण दलका कार्यकर्ता चौकीभित्र छिरेका थिए । त्यसपछि वाइसिएल कार्यकर्ताले उनीहरूलाई बाहिर निकाल्न भनेका थिए । तर, प्रहरीले नमानेपछि वाइसियलले प्रहरी चौकी नै तोडफोड गरेका छन् ।











प्रतिक्रिया