चुनावी सभामै कांग्रेस र माओवादी केन्द्रबीच झडप, उम्मेदवार गम्भीर घाइते

आफ्ना कार्यकर्तामाथि कांग्रेसले आक्रमण गर्दा प्रतिकार गरेको माओवादी केन्द्रकाे दाबी

0
Shares

रोल्पा ।

रोल्पामा चुनावी सभामै सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्य–कर्ताबीच झडप भएको छ । रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा बुधबार राति झडप भएको हो ।

तालावाङ बजारमा चुनावी सभाकै क्रममा झडप भएको हो । उक्त झडपमा परी कांग्रेसका वडाअध्यक्ष मीनबहादुर डाँगी गम्भीर घाइते भएका छन् । डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ । कांग्रेस वडाअध्यक्षका उम्मेदार मीनबहादुर डाँगीलाई उपचारका लागि दाङ पठाइएको छ ।

रोल्पा कांग्रेस क्षेत्र नम्बर-२ का क्षेत्रीय सभापति गोपाल घर्तीले आफ्नो पार्टीका उम्मेदवारमाथि आक्रमण भएको बताए । उनले भने, ‘उम्मेदवारलाई आक्रमण गर्न गाडी नै नियन्त्रणमा लिएर उहाँमाथि रड प्रहार गरे ।’

आफ्ना कार्यकर्तामाथि कांग्रेसले आक्रमण गर्दा प्रतिकार गरेको माओवादी केन्द्रकाे दाबी छ ।