धादिङ ।
शालीन व्यक्तित्व, जसको अगाडि परेपछि रिसाएर आएको मानिस पनि शान्त हुन्छ । यो कुनै आँकलन नभएर गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडाको वास्तविकता हो ।
गल्छी गाउँपालिकावासीले पञ्चायतकालदेखि पढे–लेखेको नेतृत्व खोजिरहेका बेला उम्मेदवार यतिखेर पाएको छ । गल्छी गाउँपालिका कल्लेरी, गोगनपानीको आधा भाग र बैरेनी मिलेर बनेको छ । बैरेनीवासीले यसअघिको निर्वाचनमा उपाध्यक्ष उम्मेदवार राधा तिमल्सिनालाई मात्र पढे–लेखेको र विकासलाई बुझेको नेतृत्व चुन्न पाएको थियो ।यतिखेर गाउँपालिका अध्यक्ष उम्मेदवार २०४९ देखि कल्लेरी गाविस अध्यक्ष भएर थोरै स्रोत हुँदा पनि राम्रो काम गर्न सफल व्यक्तिलाई एमालेले समृद्धिका लागि आवश्यक छ भनेर उम्मेदवार बनाएको छ । कल्लेरी निवासी ५७ वर्षीय खतिवडा ब्याचलरसम्मको अध्यायन गर्नुभएको छ ।
२०३६ को बहुदल–निर्दलको निर्वाचनमा बहुदलका लागि सक्रिय हुनुभएका खतिवडा २०३७ सालमा अनेरास्ववियुको तर्फबाट पद्मोदय हाईस्कुलमा स्ववियु सदस्य निर्वाचित हुनुभएको थियो ।२०३८ सालमा एसएलसी उत्तीर्ण हुँदादेखि तत्कालीन माले पार्टीको सम्पर्कबाट राजनीतिमा भूमिगत कार्यकर्ता हुनुभएको थियो । काठमाडौंमा कोठा भाडामा बस्दा हाल एमाले नेताहरु उहाँको कोठामा बसेर राजनीतिक योजना बनाउने गरेको र आफूले राजनीतिमा सक्रिय हुन पाएको बताउनुहुन्छ । २०४३ मा गाउँ पञ्चायतको उपयोगको नीतिअनुसार जनपक्षीय उम्मेदवार कल्लेरी गाउँ पञ्चायतबाट उठाएर दरिलो जिम्मेवारी पूरा गर्नुभएका खतिवडा त्यतिखेर जनपक्षीय उम्मेदवारले जित्ने अवस्था आएपछि चुनाव दोहो-याइएको थियो ।
२०४६ को आन्दोलनमा सहभागी भएपछि उहाँ गाउँ फर्किनुभएको थियो । गाउँमा आएपछि गाउँबासीले रुचाएको मान्छे पढे–लेखेको नेतृत्व पाएपछि २०४९ को स्थानीय निर्वाचनमा एमालेको तर्फबाट गाविस अध्यक्ष निर्वाचित हुनुभयो ।त्यतिखेर गाउँ विकास समितिमा सरकारले रकम नपठाउने गरे पनि गाउँ विकास समितिमा पैसा नभएपछि खासै काम गर्न नसकिएको तर एमालेको ९ महिने सरकार आएपछि गाउँ–गाउँमा विकासको लहर ल्याएको अनुभव छ । आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रममा गाउँबासी विकासका लागि आफैं काममा निस्केको अनुभव उहाँसँग छ । त्यतिखेर थोरै रकम धेरै काम गर्न सकिएको थियो ।
२०५४ को निर्वाचनमा समेत गाविस अध्यक्ष निर्वाचित भएपछि धेरै काम भयो । सडक, विद्यालय, खानेपानी आदि सार्वजनिक काममा जनताको सहभागितामा गरेपछि यतिखेर चर्चामा रहनुभएका खतिवडा अहिले नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार हुनुभएको छ ।नेकपा एमाले जिल्ला कमिटी सदस्यसमेत भइसक्नुभएका खतिवडा अहिले एमाले गल्छी गाउँपालिका कमिटी अध्यक्ष रहनुहुनुहुन्छ ।
आफू निर्वाचित भएमा गल्छीको विकासका लागि सडकलाई गुणस्तरीय बनाउने, रिङरोडका लागि काम अघि बढाउने, एक घर एक धारा पूरा गर्ने, सामाजिक सुरक्षा भत्ता जनताको नजिकै पु-याउने, कृषिलाई आधुनिकीकरण गर्ने, अव्यवस्थित खानी व्यवस्थित बनाउनेलगायतका कार्यक्रम गाउँपालिका अध्यक्ष उम्मेदवार खतिवडाले ल्याउनुभएको छ ।











प्रतिक्रिया