चिठी नामक फिल्मको छायांकन सम्पन्न भएको छ । एरा प्रोडक्सन प्रालिको ब्यानरमा कमला जोशीद्वारा निर्मित फिल्मको निर्देशन माधवराज खरेलको गरेका छन् भने कमेडी च्याम्पियनका सेकेन्ड रनर्सअप खड्गबहादुर पुन मगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, संञ्जित भण्डारी, मुस्कान लामा, प्रवन भुसाल, कञ्चन चालिसे, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट , उद्धव भद्मराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रज्जु गुरुध्र, मुना निरौला, कविन्द्र त्रिपाठीलगायतका कलाकारले अभिनय गरेका छन्।
काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक,लगायतका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको फिल्ममा निर्देशक खरेलको लेखन, डा. कृष्णहरि बराल, कमला जोशी र शान्तिप्रियको शब्द, सरोज कोइराला, जुगल डंगोल र राजेन्द्र बजगाईंको संगीत, शिव परियार, केञ्जुमा सुब्बा, कृष्ण भट्टराई र वसन्त अर्यालको स्वर, जीवन पराजुलीको छायांकन तथा राजेश कुमार, समीर मियाँनको सम्पादन रहेको छ।











प्रतिक्रिया