काठमाडौं ।
नेपाल प्रहरीको बढुवामा विभेद भएको भन्दै अदालतमा परेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । सरकारको निर्णयमा चित्त नबुझेपछि वरिष्ठ एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।
न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । सरकारले आईजीपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उहाँले निर्णय खारेज गर्न परमादेशको माग गर्नुभएको थियो ।पोखरेलको तर्फबाट मेघराज पोखरेल, शतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए ।











प्रतिक्रिया