एक वार्ड, एक हाट वजार, सबै वडाको पहुँचमा कोल्ड स्टोरेज

पनौती काग्रेसको योजना


पनौती, काभ्रे ।

नेपाली काग्रेसको तर्फबाट पनौती नगरपालिकाका मेयरका प्रत्यासी रामशरण भण्डारीले कृषिमा उद्यमशिलता–आजको आवश्यत्ता भन्ने नाराका साथ कृषिमा आधुनिकरण गर्ने बताउनु भएको छ ।

साथै उहाले कृषि उत्पादन वृद्धिका लागि सिचाई र वजार व्यवस्थापनका साथै नगरभित्र रहेको १२ वटै वडाको पहुच पुग्ने गरि कोल्ड स्टोरेजमा छुटको व्यवस्था मिलाउने पनि बताउनु भएको छ ।

किसानहरुलाई समयमै रासायनिक मल, विउविजन उपलब्ध गराउन नगरपालिकाले विशेष चासो दिएर कार्य गर्ने बताउदै उहाले तरकारी शीत भण्डार निर्माण गर्नुका साथै एक वार्ड, एक हाट बजार सञ्चालनको कार्यक्रम ल्याइने बताउनु भएको छ । उत्पादन वृद्धिका लागि सिचाईलाई विशेष प्राथमिकतामा राखेर नगरपालिकाले योजना बनाउने उहाको भनाई थियो ।

आफुले नगरप्रमुखमा विजयी हासिल गरेमा किसानहरुको उत्पादनलाई उत्पादनको आधारमा न्युनतम मुल्य कायम गरी अनुदान कार्यक्रम सञ्चालनमा ल्याईने र उन्नत बीउ विजन एवं उन्नत नश्लका पशुपन्छीमा ५० प्रतिशत अनुदानको व्यवस्था मिलाउने मेयरका प्रत्यासी भण्डारीले बताउनु भएको छ ।

किसानहरुको सुचीकरण र वर्गीकरण गर्ने भन्दै भण्डारीले आधुनिक र व्यवसायीक कृषिमा जोड दिएर योजना ल्याउने बताउनु भएको छ । बुधवार घरदैलो अभियान अन्तर्गत पनौती नपा वडा न ११ ख्याकु क्षेत्रमा पुग्नु भएका भण्डारीले किसानहरुलाई राहत प्रदान गर्ने, कृषि पकेट क्षेत्र निर्धारण र सहुलियतमा ऋण उपलब्ध गराउने योजना पनि ल्याउने बताउनु भएको थियो ।

पनौती नगरमा कांग्रेस नेतृत्वको गठबन्धनले आफ्नो प्रतिवद्धतामा कृषिलाई प्राथमिकतामा राखेको छ । प्रतिवद्धतामा कृषिबाली र पशुधन बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन किसान क्लव गठन गरिने पनि उल्लेख छ । पनौती नगरपालिकामा नेपाली काग्रेसको तर्फबाट मेयरका प्रत्यासी भण्डारीले नगरभित्रका वडाहरुलाई उत्पादन हुन सक्ने आधारमा पकेट क्षेत्र निर्धारण गरि पर्यटक आकर्षित गर्ने समेत बताउनु भएको छ ।