नमोबुद्धका यस्ता छन् संकल्पहरु : ‘दिगो विकासका सबै लक्ष्य पुरा गर्छौ’



काभ्रे  ।

नमोबुद्ध नगरपालिकामा उम्मेदवार भएका प्रमुख पदका राजन भुर्तेल र उपप्रमुख सम्झना तामाङ सहितका वडा अध्यक्षहरु र सदस्यहरुले एक मुष्ट मतदाताको बीचमा संकल्प गरेका छन् ।

मतदाताको घर दैलोमा मत मागिरहेका बखत सञ्चारकर्मीहरूको माझ मतदाताहरु समक्ष नमोबुद्ध नगरपालिकाको संकल्प प्रस्ताव सार्वजनिक गरिएको हो । एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार राजन भुर्तेलले जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक भएर काम गर्ने बताउनु भयो ।

सामाजिक जागरण र विकासका अभियन्ता भएर काम गर्ने, हाम्रो नगर सुशासनको नमुना नगर बन्ने, सदाचारमा दृष्टान्त स्थापित गर्ने, कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने बताउनु भयो । पाँच वर्ष भित्रमा दिगो विकास लक्ष्यका सबै सूचकहरू पूरा गरी स्वास्थ्य, शिक्षा, कृषि, आर्थिक, वातावरणमा र गरिबी निवारणको क्षेत्रमा उल्लेख्य सुधार गरी नगरलाई दिगो विकास लक्ष्य पूरा गरिएको नगर घोषणा गर्ने बताउनु भयो ।

सही विचार,जनमुखी सरकारको दृष्टान्त प्रस्तुत गरेको, हरेक परिवर्तनको अगुवाइ गरेको, शान्ति प्रक्रियाको पहलकर्ता, संविधान निर्माणको अगुवाइ, सहारा विहीनहरूको सहारा हो, गरिबहरूको पार्टी हो, आवाज विहीनहरूको पार्टी हो, वृद्धवृद्धाहरुको पार्टी हो, युवाहरुको पार्टी हो, आम किसान, मजदुर, शिक्षक, कर्मचारीहरूको पार्टी भएकाले एमालेमा मतदान गर्न आव्हान गर्नु भयो । विकासको संवाहक, राज्य निर्माण र समृद्ध नेपालको सपना, प्रगतिशील राष्ट्रवादको अगुवाइ, स्थानीय तहलाई स्रोत, साधन र अधिकार सम्पन्न बनाउँदै स्थानीय सरकारको रूपमा स्थापित गर्न एमालेको नेतृत्व आवश्यक छ ।

राष्ट्रियताको पक्षमा कहिल्यै नझुक्ने, दुई नजिकका छिमेकी राष्ट्रहरूसँग समदूरीको सम्बन्ध राख्न सक्ने, नेपालमा सुरुङ युगको सुरुवात गर्ने र पृथ्वी नारायण शाहपछि नेपालको नक्सा परिवर्तन गर्न सक्ने केपी ओलीले नेतृत्व गरेको पार्टी भएकाले मतदान गर्न आव्हान गरेको प्रमुख पदका उम्मेदवार राजन भुर्तेलले जानकारी दिनु भयो ।

यस अघि २०७४ सालमा नेकपा एमालेका प्रतिनिधिहरूले विजयी हासिल गरेका थिए । आफ्नो गाऊँ आफैँ बनाउँ जस्तो लोकप्रिय एवम् जनमुखी कार्यक्रमको अभियन्ताका रूपमा नेकपा (एमाले)ले नगरको नेतृत्व सम्हालेपछि २०७४ देखि २०७८ का अवधिमा व्यापक जनसहभागितामा नगरको आधारभूत संरचनाहरू तयार पारेको उहाँले बताउनु भयो । निर्वाचित भएको केही समय पश्चात् नै मुलुकको ७५३ स्थानीय तहमध्ये आफ्नै पहिलो भवन निर्माण गर्न सफल भएको छ । स्थानीय सरकारबाट स्रोत परिचालन गर्ने, विकास निर्माणको काम सम्पन्न गराउने र प्रशासनिक सेवाहरूलाई छिटो छरितो तथा पारदर्शी ढङ्गले सम्पादन गर्दै सरकार जनताको नजिक भएको अनुभूति दिलाउने काम गरेका छन् ।

किसानहरुलाई निर्वाहमुखी खेती प्रणालीबाट माथि उठाई व्यावसायिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । नगरका सबै वडाहरूमा सडक सञ्जाल बिस्तार भएको छ । विभिन्न नौ वटा वडामा सडक कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । विभिन्न सडकहरू कालोपत्रेको पूर्व तयारीको अवस्थामा छन् । नागरिकहरूलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सबै वडाहरूमा पक्की भवन सहितको स्वास्थ्य चौकीहरू निर्माण गरिएका छन् । नगरका सबै सामुदायिक विद्यालयहरूमा पक्की भवन निर्माण गरिएका छन् । नगरका १० वटा वडाहरूमा पक्की वडा भवन निर्माण गरिएका छन् । एमालेबाट टिपी शर्मा तिमल्सिना नगर प्रमुखका रूपमा विजयी हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्