गठबन्धन दलहरुबीच बेमेल : माओवादी केन्द्रका उम्मेदवार सूर्य चिह्नबाट चुनावमा भिड्दै


काठमाडौं ।

भोजपुरको षडानन्द नगरपालिकामा गठबन्धन भित्रका दलहरु बेमेल सुरु भएको छ । गठबन्धनको तर्फबाट टिकट नपाएपछि वडास्तरबाटै बेमेल सुरु भएको हो ।

गठबन्धनको निर्णयविपरीत दुईवटा वडामा एमाले र माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवारी दर्ता गएका छन् ।

वडा ९ र १३ मा एमाले र माओवादी विच तालमेल भएको नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा एमालेबाट मेयर पदका उम्मेदवार सुरेन्द्र उदासले जानकारी दिए ।

माओवादी केन्द्रका नगर कमिटीका सदस्य रहेका शेखर तामाङ वडा ९ बाट र ओमकुमार श्रेष्ठ वडा-१३ बाट सूर्य चिन्हमा चुनाव लड्ने भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।