सामाजिक विकृति न्यूनीकरण गर्न विद्यार्थीलाई प्रशिक्षण



जाजरकोट ।

जाजरकोटमा सामाजिक विकृति विसङ्गति न्यूनीकरणका लागी सचेतना मूलक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।सामाजिक विकास कार्यालयको सहयोगमा विद्यार्थीहरूको सहभागीतामा विकृति विसंगति विरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको हो ।

विकृति विसङ्गति, घरेलु हिंसा, बालविवाह, अपराध लगायतका घटना बढ्दै गएकाले  बालबालिकालाई जानकारी दिएर भावी पुस्तामा सुधार ल्याउन समाजमा पर्ने असरका बारेमा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले सामाजिक विकृति न्यूनीकरणका लागी विद्यार्थीहरूलाई सचेतनामूलक शिक्षा दिनु भएको थियो ।

मान बेचबिखन, लागु पदार्थ सेवन, साइबर अपराध सम्बन्धी हुने बेफाइदा कानुनी व्यवस्थाका बारे विद्यार्थीहरूलाई जानकारी गराउनु भएको थियो । समाजमा हुने विकृति विसङ्गतिका विरुद्ध सचेतनामूलक कार्यक्रम गरी सभ्य समाज निर्माण आवश्यक रहेको प्रहरी प्रमुख डिएसपी निरौलाले बताउनु भयो ।

घरेलु हिंसा, बालविवाह, घरेलु मदिरा लागु औषधले सामाजिक विकृति विसङ्गति सिर्जना गर्ने हुँदा अभिभावकहरूलाई समेत जानकारी गराउन आग्रह गर्नु भयो । सामाजिक विकृति न्यूनीकरण नागरिक समाज, सरोकारवालाले नागरिकमा सचेतना मूलक कार्यक्रम सञ्चालन गरी बेफाइदाका बारेमा नागरिकलाई जानकारी गराउन नागरिक समाज, सरोकारवाला निकायको ऐकेबद्धता हुनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्