अभिनेत्री करिश्माले फेसबुकमा नाम राखिन् ‘सूर्य कुमारी’



काठमाडौं ।

केही समयअघि नेकपा एमाले प्रवेश गर्दा आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा पनि आफ्नो नाम ‘सूर्य कुमारी’ राखेकी छन्।

उनले आफ्नो फेसबुकको नाम करिश्मा मानन्धरसँगै ब्राकेटमा सूर्य कुमारी लेखेकी हुन् । पार्टी प्रवेश गर्दा आफ्नो न्वारानको नाम पनि सूर्य कुमारी भएको बताएपछि सामाजिक सञ्जालमा उक्त विषय निकै चर्चाको विषय बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्