अक्सिजन प्लान्टमा विस्फोट : एकको मृत्यु, ६ जना घाइते (विस्फोटस्थलको फोटोफिचर)


ललितपुर ।

ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ। ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट बिहीबार बिहान विस्फोट हुँदा एक जनाको ज्यान गएको हो। ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए ।

बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। विष्फोटमा परी ६ जना घाइते भएका छन् ।

सबै तस्बिर : उज्वल डंगोल

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।