अधिकारकर्मीले बुझाए ध्यानाकर्षणपत्र



जाजरकोट, (नेस) ।

महिला अधिकारकर्मीले गठबन्धन दलका शीर्ष तहका नेतालाई ध्यानाकर्षणपत्र बुझाएका छन् । स्थानीय तह निर्वाचनमा गठबन्धन दलले महिलालाई निर्वाचनमा उपेक्षा गर्न लागेको भन्दै निर्वाचनमा महिला कोटा सुनिश्चिताको माग गर्दै महिला अधिकार मञ्च महिला संघले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

पाँच दलले तालमेल गरी चुनाव लड्ने भएपछि महिलाको नाममा राज्यले निर्धारण गरेको आरक्षण कोटामा गठबन्धन दलले नदिने संकेत पाएपछि महिला अधिकार मञ्च, महिला संघले संयुक्तरूपमा गठबन्धन दलका पार्टी कार्यालयमा महिलाको कोटा सुनिश्चितताको माग गर्दै कांग्रेस, माओवादी, (एकीकृत समाजवादी) र राप्रपाको पार्टी कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

गठबन्धन दलले महिलालाई उम्मेदवारी दिनबाट वञ्चित गर्ने संकेत पाएपछि अधिकार स्थापनाको माग गर्दै राजनीतिक दलका शीर्ष नेताको ध्यानाकर्षण गरेको महिला अधिकार मञ्चकी अध्यक्ष शोभा सिंह शाहले बताउनुभयो । राज्यले निर्धारण गरेको कोटा सुनिश्चित गर्न र सबै पार्टीलाई सजग गराउने नेपाली कांग्रेसका सभापति वेदराज सिंहले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्