पल शाहविरुद्ध नाबालिगले फेरिन् बयान



काठमाडौं ।

बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाहविरुद्ध नाबालिगले अदालतमा बयान फेरेकी छन्। जिल्ला अदालत तनहुँमा आइतबार बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिका र उनका बुवालेसमेत बयान फेरेको बताइएको छ ।

नाबालिग गायिकाले बकपत्र दिने क्रममा जाहेरीमा उल्लेख गरिएका विवरण सत्य नभएको बताउँदै आफूलाई अरुले उक्साएर जाहेरी दिन बाध्य बनाएको बताएकी छन्। अदालतमा बयान फेरेसँगै उनलाई प्रभावमा पारेर बयान फेर्न लगाइएको आशंका पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्