क्रिकेटरदेखि प्रधानमन्त्रीसम्म इमरान



काठमाडौं । 

खेलकुदमा राजनीति घुस्यो भने राम्रो हुँदैन भने पनि खेलकर्मी नै राजनीतिमा जाने प्रवृत्ति बढिरहेको छ । खेलाकर्मी राजनीतिमा कति सफल हुन्छन्, त्यो नै मुख्य चर्चाको विषय हो । उदाहरणको लागि पाकिस्तानका पूर्व क्रिकेटर इमरान खानलाई लिन सकिन्छ । उनी क्रिकेट खेल्दै पाकिस्तानका प्रधानमन्त्रीसमेत बने । यो अलग विषय हो कि उनी हाल प्रधानमन्त्री पदमा छैनन् । तर, उनले खेलाडी पनि प्रधानमन्त्री बन्न सक्छन् भन्ने उदाहण दिएका छन् ।

हाल इमरानलाई अविश्वासको प्रस्तावमा विश्वासको मत प्राप्त गर्न नसेकेको आधारमा प्रधानमन्त्री पदबाट हटाइए । यो घटनापछि खेलाडीले मैदानमा जस्तो संसदमा राम्रो खेल्न सक्दैनन् भन्नेहरू पनि छन् । उनलाई फेरि प्रधानमन्त्रीमा ल्याउनुपर्ने भन्दै पाकिस्तानका मुख्य शहरहरूमा जुलुसमा ओर्लिएका उनका शुभचिन्तकहरू धेरै छन् ।

इमरान सफल अन्तर्राष्ट्रिय क्रिकेटर थिए, यसमा कुनै शंकै छैन । उनकै कप्तानीमा पाकिस्तानको क्रिकेट टिमलाई उनले सन् १९९२ को आईसीसी विश्वकप उपाधि दिलाएका थिए । उनले क्रिकेट करियरबाट संन्यास लिएपछि क्रिकेटमा जस्तै राजनीतिमा पनि चौका छक्का प्रहार गर्न मनसाय लिएर पार्टी खोलेका थिए ।इमरानको सन् २०१३ सम्म केही सीप चलेको थिएन । उनी चुनाव पनि हार्दै गएका थिए । चुनाव हारेपछि उनलाई क्रिकेट पिचमा बलिङ गर्ने जस्तो राजनीतिमा हुँदैन भन्न थालेको थियो ।

तापनि उनले हार मानेनन् र सन् २०१८ मा नवाज शरिफको पार्टीलाई हराएर सत्ता हासिल गरेका थिए । भनिन्छ, त्यतिबेला उनलाई जित दिलाउन पाकिस्तानी सेनाको प्रमुख भूमिका रहेको थियो । अहिले यही सेनाले इमरानलाई साथ छाडेपछि उनी समस्यामा परेको पनि चर्चा छ ।
नराम्रो प्रणाली राम्रो गर्ने लक्ष्य अधूरै

इमरान खान पाकिस्तानी राजनीतिमा आउनुको कारण त्यहाँ भएको नराम्रो प्रणालीलाई राम्रो गर्नु हो । उनले कडा मेहनत गरेर पाकिस्तानका प्रधानमन्त्री पनि बने, तर, उनले व्यवस्थामा कुनै परिवर्तन पनि गर्न सकेनन् । पाकिस्तानको संसदमा ३ सय ४२ सदस्य संख्या रहेको छ । यसमा १ सय ७२ मत आयो भने मेजोरिटी हुन्छ । तर, इमरानको पार्टीलाई १ सय ६४ सदस्यले मात्रै विश्वास गरे भने प्रतिपक्ष पार्टीले ५ मत बढी प्राप्त ग-यो । योसँगै इमरानलाई प्रधानमन्त्री पदबाट हटाइएयो र उनको प्रणाली राम्रो गर्ने लक्ष्य अधूरै रह्यो ।
१६ वर्षमा क्रिकेट खेले

सन् १९५२ मा लाहोरमा जन्मेका इमरान खानले पहिलो श्रेणीको क्रिकेटमा १६ वर्षको उमेरमा डेब्यु गरेका थिए । शुरूवाती करियरमा उनी टिमबाट निष्कासित पनि हुनुपरेको थियो । उनी सन् १९७० मा पाकिस्तानको राष्ट्रिय क्रिकेट टिममा छनोट भए । यसपछि भने उनले करियरमा पछाडि फर्केर हेर्नुपरेन । उनी सन् १९८१ मा टिमका कप्तान बने भने उनकै कप्तानीमा ११ वर्षपछि पाकिस्तानी टिमले विश्वकप जितेको थियो ।

राजनीतिक पार्टी खोले

इमरान खानले सन् १९९६ म्ँँ पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) नामको राजनीतिक पार्टी खोलेका थिए । शुरूवाती वर्षमा पार्टीले चुनावमा राम्रो गर्न असफल भएको थियो । इमरान खानले १९९७ मा संसदीय चुनावमा हार बेहोरेका थिए । उनलाई सफलता सन् २००२ मा मिलेको थियो । त्यतिबेलाको चुनावमा उनले जित हासिल गरेका थिए । उनी पार्टी खोलेको पाँच वर्षमा संसद्मा पुगे ।
तीन बिहे

राजनीतिमा सफलताको स्वाद चाखे पनि इमरान खानको वैवाहिक जीवन भने सफल हुन सकेन । सन् १९९५ मा जेमिमा गोल्डस्मिथसँग विवाह गरेको इमरानको सन् २००४ मा पारपाचुके भएको थियो । उनीहरूका दुई छोरा छन् । जेमिमा अरबपति सर जेम्स गोल्डस्मिथकी छोरी हुन् । त्यसपछि, उनले दोस्रो विवाह टीभी पत्रकार रेहाम नायरसँग सन् २०१४ मा विवाह गरे । तर, यो पनि एक वर्ष मात्रै टिकेको थियो ।
यसपछि उनले सन् २०१८ मा आध्यात्मिक नेतृ बुशरा बीबीसँग विवाह गरे । यो बिहेपछि नै इमरानको जीवनमा सुनौलो क्षण आएको थियो । यही वर्षको चुनावमा उनको पार्टीले १ सय १६ सिट जितेको थियो । धेरै सिट जितेको आधारमा उनी अगस्ट २०१८ मा पाकिस्तानका प्रधानमन्त्री बनेका थिए ।

बलिउड अभिनेत्रीसँग प्रेम

इमरान खान क्रिकेटमा जमिरहँदा उनको प्रेम प्रसंग बलिउड अभिनेत्रीसँग भएको चर्चा चलेको थियो । ७०, ८० दशकमा चर्चित रहेका तीन अभिनेत्री जिनत अमान, शबना आजमी र रेखाको मन इमरानतिर आकर्षित भएको थियो । इमरान पनि युवा अवस्थामा कुनै अभिनेताभन्दा कम पनि थिएनन् । अझ उनको क्रिकेटमा शानदार करियर हुँदा जो कोही युवती उनीमाथि आकर्षित हुने स्वाभाविक पनि थियो ।
यसमध्ये इमरानले रेखासँग धेरै समय बिताएको भारतीय मिडियाहरूले जनाएका थिए । रेखासँग छिटै बिहे हुने पनि त्यतिबेला निकै चर्चा चलेको थियो । त्यतिबेला रेखाको बलिउड सुपरस्टार अमिताभ बच्चनसँग बे्रेक अप भएको थियो । यही समयमा रेखानले इमरानसँग सम्बन्ध नजिक बनाउँदै लगेकी थिइन् । उनीहरू रिसोर्ट, रात्रि क्लबमा बरोबर जाने गरेको पनि थिए । रेखाकी आमाले त बिहेमा कुनै समस्या नभएको पनि बताएकी थिइन् । यसले पनि उनीहरूबीच प्रेम प्रगाढ रहेको दर्शाउँछ ।

प्रतिक्रिया दिनुहोस्