मुम्बई इन्डियन्सको लगातार हार



एजेन्सी । 

चार पटक उपाधि जितेको मुम्बई इन्डियन्सले जारी सिजनको आईपीएलमा लगातार चार हार ब्यहोरेको छ ।शनिबार मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेल ७ विकेटले गुमाएको हो । योसँगैं डिफेन्डिङ च्याम्पियन्स समेत रहेको मुम्बईले लगातार चार खेलमा हार ब्यहो-यो । जारी सिजनको आईपीएलमा लगातार चार खेल हार्ने अर्को टिम चेन्नाई सुपर किंग्स हो ।चेन्नई शनिबार नै भएको खेलमा हैदराबादसँग हारेको थियो ।

मुम्बईले दिएको १ सय ५२ रनको लक्ष्य रोयल च्यालेन्जर्सले १९ ओभरमा ३ विकेटको क्षतिमा प्राप्त गरेको हो । यो बैंगलोर टिमको लगातार तेस्रो जित पनि हो । टिमको जितमा अनुज रावतले सर्वाधिक ६६ रन जोडेका थिए । यस्तै टिमका पूर्व कप्तान विराट कोहलीले ४८ रनको योगदान दिए ।

मुम्बईले फाफ डु प्लेसिसलाई आउट गरेर ५० रनमा पहिलो विकेट लिएको थियो । तर, अनुज र विराटले दोस्रो विकेटका लागि ८० रन जोडेपछि खेल मुम्बईको हातबाट फुस्किएको थियो । १७औं ओभरको अन्तिम बलमा अनुज रनआउट भएपछि यो साझेदारी तोडिएको थियो । उनले ३८ बलमा आईपीएलकै करियरमा पहिलो अर्धशतक पूरा गरेका थिए । उनलाई टिमले नयाँ खेलाडी भएपनि ३.४० करोड भारुमा किनेको थियो ।

सूर्य र जयदेवको साझेदारी

मुम्बईका लागि सूर्यकुमार यादव र जयदेव उनादकटले सातौं विकेटका लागि ७२ रनको साझेदारी गरेर लाज बचाएका थिए । जबकि,४९ रनसम्म कुनै विकेट गुमाएको थिएन तर, लगातार ६ विकेट७९ स्कोरमा पुग्दासम्म गुमाउन पुगेको थियो । यसले टिम १ सय रन पनि पार गर्न नसक्ने अवस्थामा थियो । तर, सूर्या (६८ रन) र जयदेव (१३ रनमा) ले सम्मानजनक स्कोरमा पु¥याएका थिए ।
रोहित चम्केनन्

मुम्बईका कप्तान रोहित शर्माले हिटरको उपनाम अनुसारको ब्याटिङ पस्कन नसक्नु पनि टिमको स्कोर बलियो हुन सकेन । रोहितलाई बैंगलोरका बलर हर्षल पटेललेतेस्रोपटक पभेलियन फर्काए । त्यसो त २६ रन बनाएका रोहित टिमका लागि ४ सय चौका लगाउने पहिलो खेलाडी चाहिं बनेका थिए । त्यस्तै, हसरंगाले किरोन पोलार्डलाई शून्यमा आउट गर्नु पनि मुम्बईको लागि ठूलो नोक्सान भएको थियो ।

चेन्नईको पनि बेहाल

जारी आईपीएलमा चेन्नई सुपर किंग्सको अवस्था पनि बेहाल भइरहेको छ । अहिलेसम्म चार खेल खेलिसकेको चेन्नईले जितको स्वाद लिन सकेको छैन । सनराइजर्स हैदराबादविरुद्ध शनिबारको खेलमा चेन्नाईको ब्याटिङ र बलिङ दुवै फ्लप भएका थिए ।चेन्नईले ब्याटिङमा १ सय ५४ रन बनाएको थियो, जसमा मोइन अलीले ४८ रन बनाउनुबाहेक अन्यको ब्याटिङ निरासजनक रहेको थियो । टिमका नया“ कप्तान रवीन्द्र जडेजाले मात्र २३ रन बनाउन सकेका थिए । यस्तै, पूर्व कप्तान महेन्द्रसिंह धोनीले मात्र ३ रनको योगदान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्