खेलकुदमन्त्री अथकद्वारा नेपाली क्रिकेट टीमलाई बधाई



काठमाडौं ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली क्रिकेट टीमलाई बधाई दिनुभएको छ । नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेपछि मन्त्री अथकले नेपाली क्रिकेट टीमलाई बधाई दिनुभएको हो ।

नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । नेपालले उपाधि उचाले लगत्तै मन्त्री अथकले सामाजिक सञ्जाल मार्फत खेलाडीहरुलाई बधाई दिनुभएको थियो ।

मन्त्री अथकले सामाजिक सञ्जालमार्फत बधाई दिँदै यस्तो लेख्नुभएको छ, “त्रि देशीय टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज फाइनल खेलमा अभूतपूर्व जित हाँसिल गरेको छ । नेपाली राष्ट्रिय राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।।”

प्रतिक्रिया दिनुहोस्