न्युज अफ नेपाल ललितपुर ।
ललितपुर महानगरमा हरिकृष्ण व्यञ्जनकारको जित सुनिश्चित बन्दै गएको छ । २०७४ सालका को स्थानीय तहको निर्वाचनमा ३ सयको झिनो मतान्तरले पराजित हुनुभएका व्यञ्जनकार यस पटकको निर्वाचनमा एमालेको तर्फबाट मेयरमा उठ्ने पक्का भएपछि महानगरभित्र करिब ४ हजारको संख्यामा एमाले प्रवेश भएका छन् । यसले गर्दा एमालेको जित सुनिश्चित देखिएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार हुनुभएका व्यञ्जनकारले यो पटकको मेयर पदमा आफ्नो उम्मेदवारी अन्तिम पटक भएको घोषणा गर्नुभएको छ । उहाँले आफूले गएको निर्वाचनमा पतिबद्धता जनाएअनुसार आफूले कार्य योजना बनाएर काम अघि बढाउने बताउनुभएको छ । पहिलो त हामीले विगतमा विभिन्न पार्टीमा गएकालाई एमालेमा ल्याउने अभियान चलाएका छौ । त्यसपछि उहाँहरुकै साथ र सहयोगमा निर्वाचनमा जित्ने प्रण गरेका छौ–मेयरका उम्मेदवार व्यञ्जनकारको भनाई छ ।
एमाले पार्टी कार्यालयले दिएको तथ्याङक अनुसार ललितपुर महानगरपालिकामा नेकपा एमाले प्रवेश गर्नेहरूमा सबै भन्दाबढी संख्यावडा नं ९छ । त्यस वडाबाट पाँच सयभन्दा बढी प्रवेश गरेका छन् । यसै गरी वडा नं १ करिब ५५ जना, वडा २ मा ५० जना, वडा ३ मा७० जना, वडा ४ मा ३ दर्जन, वडा ५ माकरिब ४० जना, वडा ६ मा १सय जना भन्दा बढीएमाले प्रवेश गरेका पार्टी अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–एमालेमा प्रवेश गरेको आँकडा हेर्दा महानगरमा सबै जनप्रतिनिधिको जित सुनिश्चित भैसकेको छ ।
यसै गरी वडा नं. ७ मा करिब १ सय ५० जना, वडा ८ मा २ सय ५० जना, वडा १० मा ६५ जना, वडा ११ मा२ सय ५० जना भन्दा बढी, वडा १२ मा २ सय जना, वडा १३ मा १ सय , वडा १४ मा ३ सय भन्दाबढी पार्टी प्रवेश गरेका छन् । त्यस्तै वडा १५ मा २ सय ५० जना, वडा १६ मा ९० जना, वडा १७ मा २ सय जना भन्दा बढी एमाले प्रवेश गरिसकेका छन् ।
महानगरकै वडा नं १८ मा १२० जना, वडा १९ मा ३५० जना, वडा २० मा ११० जना, वडा २१ मा १५० जना, वडा २२ मा ६० जना, २३ र २४ गरी १३० जना, वडा २५ मा ५ दर्जन, वडा २६ मा ५५ जना, वडा २७मा ४० जना, वडा २८ मा ५० जना र वडा २९ मा ५० जना भन्दा बढी प्रवेश गरिसकेका छन् ।
२९ वटा वडा रहेको महानगरपालिकामा अन्य पार्टीमा आबद्ध हजारौँ नेता, कार्यकर्ता र शुभचिन्तकहरू एमाले प्रवेश गर्न तयारी रहेको ललितपुर एमाले अध्यक्ष आचार्यले दाबी गर्नुभयो ।
गत २०७४ सालमा भएको स्थानीय निर्वाचनमा व्यञ्जनकारले भोग्नुभएको पराजयले महानगरभित्र बेथिति मौलाउँदै गएकाले यस बर्ष आफ्नो उम्मेदवारी दिने निश्चित भएको व्यञ्जनकारले बताउनुभयो । नेपाली काँग्रेसबाट मेयर चिरिबावु महर्जनले पुन उठ्न दाबी गरे तापनि पाटीभित्र अल्पमतमा परेका र जनताको विश्वास जित्न नसकेको कारण एमालेका उम्मद्दारको विकल्प नभएको चर्चा चलेको छ ।











प्रतिक्रिया