कलाकारहरूले स्थापना गरेको सिन्धु सहयोग कोषमार्फत मेलम्चीका बाढीपीडितका लागि बस्ती निर्माण गर्न संकलित रकमबाट मेलम्ची बाढीपीडित एकीकृत बस्ती निर्माण समितिलाई हालै नौ लाख नौ हजार एक सय अट्सठि रुपियाँ हस्तान्तरण गरिएको छ। कोषका संयोजक अभिनेता कृष्ण मल्लले सो समितिका अध्यक्ष कृष्ण थापालाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वक्ताहरूले कलाकारहरू देशको मेरुदण्ड भएको र देशमा संकट परेको बेला सदैव मद्दत गर्न एकजुट हुने र संकलित रकमको सहि सदुपयोग हुनेमा बिश्वस्त रहन आग्रह गरेका थिए। बिबिध कारणवस रकम हस्तान्तरण गर्न ढिलाइ भए पनि रकमलाइ एकीकृत बस्ति निर्माणको लागि हस्तानतरण गर्न पाउँदा खुसी लागेको संयोजक मल्लले बताए।











प्रतिक्रिया