बाजुरामा जसपा एसमा समायोजन



बाजुरा, (नेस) ।

बाजुरामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी समायोजन भएको छ । मंगबार ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेर दुई पार्टी मिलेका हुन् । पत्रकार सम्मेलनमार्फत नेकपा (एस) बाजुराका सचिव पुरबहादुर रावतले सोको पुष्टि गर्नुभएको थियो ।

जनता समाजवादी पार्टी यही मितिबाट सम्पूर्णरूपमा नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी बाजुरामा समाहित भएको उहाँको भनाइ छ । जसपा बाजुरासँग आबद्ध सम्पूर्ण सदस्यले नेकपा एसको विचार, नीति नियम र विधानलाई आत्मसाथ गर्दै पार्टी समायोजन गरिएको रावतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्