जाजरकोटमा बढ्यो चुनावी सरगर्मी



जाजरकोट ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी महोलको सरगर्मी बढेको छ । राजनीतिक दलका नेता तथा कार्यकर्ताले स्थानीय निर्वाचन आफ्नो पोल्टामा पार्न गाउँ अभियान थालेका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलका नेता–कार्यकर्ता गाउँ अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस जाजरकोटले विगत पाँच महिनादेखि प्रशिक्षण स्थानीय कार्यकर्ता भेटघाट गर्दै मतदातालाई जागरुक बनाउन प्रशिक्षण, आमसभाका माध्यमबाट अभियान थालेको हो । सातवटै पालिकामा कांग्रेस जिताउन शुरू गरेको कांग्रेसले घर–घर जाऔं कांग्रेस जिताआंै हरेकको हातमा भारी, हरेकको हातमा जिम्मेवारी भन्ने नारासहित नेता–कार्यकर्ता जनताको घरदैलोमा पुगेका छन् ।

अभियानको बाह्रौं दिन भेरी नगरपालिका–२ बाहुनथानामा वैशाख ३० गतेको निर्वाचनलाई मध्यनजर गरी जनताको समस्या बुझ्दै घर–घर टोल–टोलमा पुगेका कांग्रेस नेता–कार्यकर्ताले केपी ओली सरकारले गरेका गलत कार्यको भण्डाफोर गर्दै प्रचार–प्रसार थालको नेपाली कांग्रेसका सचिव तेज विक्रम शाहले बताउनुभयो ।

नेपाली कांग्रेसका महसमिति सदस्य युवा नेता मुक्तिप्रसाद आचार्यले आगामी स्थानीय निर्वाचनमा कांग्रेसका मेयर, उपमेयर र वडाका सबै पदाधिकारी जिताउन नागरिकसँग आग्रह गरिएको बताउनुभयो ।

देश संकटमा गएका बेला कांग्रेसले काँध हालेर बचाएको, पटक–पटक सत्तामा गएका कम्युनिस्टले देशलाई निकास दिन नसकी बाहिरिएको उहाँको स्पोष्टोेक्ति छ । ‘नेपाली कांग्रेस देशको मियो पार्टी हो । मियो भाँचिँदैन, देशमा हजारौं संकट आउँदा पनि कांग्रसले संकट समाधान गरेको छ ।’ –आचार्यको कथन छ ।

कम्युनिस्टले नेपाली जनतालाई अनिर्णय बन्दी बनाएको उहाँको आरोप छ । कम्युनिस्ट सत्तामा जाने र संकट आईपर्दा भाग्ने गरेको आचार्यको टिप्पणी छ । नेपाली कांग्रेसका कर्णाली प्रदेशका उपसभापति सनतकुमार कार्कीले जनतामाझ झुटको खेती गर्दै सरकार सञ्चालनको जिम्मा लिएका कम्युनिस्टले देश नै कंगाल बनाएको बताउनुहुन्छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउन वडा स्तरबाटै योग्य सक्षम जुझारु उम्मेदवार छनोट उहाँको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्