खेलकुद मन्त्री अथकद्धारा त्रिदेशीय श्रृङ्खलाको उद्घाटन



काठमाडाै‌ं । 

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले त्रिदेशीय टी–२० शृङखलाको उद्घाटन गर्नुभएको छ । मन्त्री अथकले उद्घाटन गरेसँगै आज (सोमबार) देखी कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा त्रिदेशीय टी–२० शृङखला सुरु भएको छ ।

खेलाडीहरुलाई हौसला बढाउन टियू मैदान पुग्नुभएका मन्त्री अथकले एम्पायरलाई क्रिकेट बल प्रदान गरेर सिरिजको उद्घाटन गर्नुभएको हो । त्यसक्रममा मन्त्री अथकले नेपाल र पपुवा न्यूगिनी (पीएनजी) का खेलाडीहरुलाई शुभकामना दिनुभएको थियो ।

नेपालले पीएनजी र मलेसियासँग त्रिकोणत्मक सिरिज खेल्दैछ । जसअन्तर्गत आज नेपालले पहिलो खेल पपुवा न्यूगिनी (पीएनजी) सँग खेलेको छ । यस्तै दोस्रो खेल मलेसियासँग खेल्ने तालिका रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्