एसिया-ओशिनिया क्षेत्र अन्तर सरकारी मन्त्री स्तरीय बैठक

एन्टि डोपिंग अभियान सार्थक बनाउनेमा नेपालको जोड



न्युज अफ नेपाल, काठमाडौं  ।

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टि डोपिंग कार्यक्रमको पहिलो दिन नेपालले आफ्नो प्रस्तुति राखेको छ । नेपालको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्तव्य राखेका हुन्।

 खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औँ एसिया-ओशिनिया क्षेत्र अन्तर सरकारी मन्त्री स्तरीय बैठकमा आफ्नो मन्तव्य राख्दै मन्त्री अथकले नेपालले खेलकुदमा  एन्टि डोपिंगको अभियानलाई सार्थक बनाउने कुरामा जोड दिए ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टि डोपिंग संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया शुरु गरेको र आगामी दिनमा एन्टि डोपिंग सम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान दिने बताए  ।

कार्यक्रममा नेपालको प्रयासको सहभागी राष्ट्रहरूले सराहना समेत गरेका थिए ।  मार्च १४ देखी १५ सम्म जारी उक्त बैठकमा ४५ देशको सहभागिता रहेको छ । बैठकले सन् २०२२ देखि २४ सम्मका लागि रणनीति पारित गरेको छ । जस अनुसार खेललाई स्वच्छ बनाउन एन्टि डोपिंग संस्थाहरूलाई थप प्रभावकारी बनाउने कुरामा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्