साताव्यापी भ्रमणमा जोशी



बाजुरा, (नेस) ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीलाई गृह जिल्ला बाजुरामा भव्य स्वगत गरिएको छ । साताव्यापी भ्रमणका क्रममा डोटी, अछाम हुँदै उहाँ बाजुरा पुग्नुभएको हो ।

बाजुरा जिल्लाकै इमानदार तथा त्यागी नेताका रूपमा स्थापित प्रदेश प्रमुख जोशीलाई बाजुराको बाह्रबीस, बाम्का, डोगडी, साविकको कैलाशमाण्डौं, सदरमुकाम मार्तडीलगायतका दर्जनौं गाउँमा फूलमाला लगाएर पञ्चेबाजासहित स्वागत गरिएको जोशीका प्रमुख स्वकीय सचिव अभिलाल जोशीले बताउनुभयो ।

गृहजिल्ला पुगेका जोशीले विभिन्न दलका नेता कार्यकर्ताको घरदैलोमा पुगेर नागरिक सरोकारका विषयमा अन्तरक्रिया कार्यक्रम पनि गर्नुभएको थियो । प्रदेश प्रमुख भएपछि पहिलोपटक जोशी गृह जिल्लाको भ्रमणमा आउनुभएको हो । जिल्लाबासीसँगको भेटघाट तथा अन्तरक्रिया तथा साक्षात्कार सहितको भ्रमण लिएर प्रमुख जोशी बाजुरा आएको सुरक्षा निकायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्