आज राष्ट्रिय योग दिवसमा योगाभ्यास गरी मनाइँदै


न्युज अफ नेपाल, काठमाडौं ।

योगाभ्यास र योगबारे जनचेतना जोगाउन सरकारले आज सातौँ राष्ट्रिय योग दिवस मनाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने नाराका साथ यसवर्ष योगाभ्यास र योगबारे जनचेतना जगाउन दिवस मनाउने भएको हो ।

विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादवका अनुसार कोरोना महामारीलाई मध्यनजर गर्दै यसवर्ष भने भर्चुअल रुपमा दिवस मनाइने छ । उनका अनुसार सातै प्रदेशमा भर्चुअलरुपमा योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिए ।

आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई पनि योगाभ्यासमा सहभागी गराइने उनको भनाइ थियो । सरकारले २०७२ सालदेखि प्रत्येक वर्ष माघ १ गते योग दिवस मनाउन थालेको हो । यसवर्ष ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने आर्दश वाक्यका साथ दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।