एमाले कास्कीको अध्यक्षमा गुरुङ 



कास्की । 

नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन् । मंगलबार भएकोनिर्वाचनको नतिजा बुधवार बिहान आएको हो । गुरुङले प्रतिस्पर्धी दामोदार बैरागीलाई ४९ मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन । गुरुङले ४५६ मत पाउँदा बैरागीले ४ सय ७ मत प्राप्त गरेका छन् ।

यसअघि जिल्लाको समितिमा गुरुङ उपाध्यक्ष र बैरागी सचिव रहेका थिए  । यसैगरी उपाध्यक्षमा  तेजनारायण अधिकारी ४२१ मतका साथ विजयी भएका छन् भने उपाध्यक्षका अर्का उम्मेद्वार प्रभा कोइरालाले ४१३ मत प्राप्त गरेकी छन् ।

सचिवमा जिल्ला समन्वय समिति कास्कीका सभापति समेत रहेका युवा नेता बैनबहादुर क्षेत्री ४७५ मतसहित निर्वाचित भए । यस्तै उपसचिवमा दर्शन लामा ५४० मत र नवराज ओझा ४४३ प्राप्त गरी विजयी हुन सफल रहेका कास्की एमाले निर्वाचन समितिले जनाएको छ ।

सचिवमा पराजित विष्णुबहादुर केसीले ३६४ तथा उपसचिवमा पराजित ईमान पौडेलले ३५५ र मनबुजा बिकले२३७ मत प्राप्त गरेका छन्। सहमति जुट्न नसकेपछि नयाँ कार्यसमिति चयनका लागि कास्कीमा गुरुङ र बैरागी पदाधिकारीको टिमसहित निर्वाचनमा होमिएका थिए ।

कास्कीमा नेकपा एमालेका उपमहासचिव पृ्थ्वी सुब्बा गुरुङले मनबहादुर गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीले दामोदर बैरागीलाई समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्