माओवादी महाधिवेशन: दुई घन्टापछि बन्दसत्र सुरु


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हलभित्र प्रवेश गरेपछि दिउँसो ४ः२५ बजेबाट बन्दसत्र सुरु भएको हो । शनिबार बसेको बन्दसत्र आइतबार बिहान २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । स्थायी कमिटीको बैठक सकिएपछि बन्दसत्र सुरु भएको हो । आजको बन्दसत्रमा प्रचण्डले १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिको सूची प्रस्तुत गर्ने बुझिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।