पोखरा ओपन तथा भेट्रान्स टेनिसमा कमल थापाको दोहोरो जित



कास्की । 

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाले एकै दिन दोहोरो जित निकाल्नुभएको छ ।

उहाँले ५५ वर्ष माथिको सिंगल र डबल्स दुवै इभेन्टमा जित हासिल गर्नुभएको हो । सिंगलतर्फको स्पर्धामा थापाले राजकुमार गुरुङ्गमाथि ६–४, ६–० को सहज जित निकाल्नुभयो । सोही उमेर समूहको डवल्समा झ्याम्पा ढुण्डुपलाई साथी बनाउनुभएको थापा जोडीले विदुर विष्ट र काजी गुरुङ्गको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाउन सफल हुनुभयो ।

प्रतियोगिता अन्तर्गत सोमबार भएका अन्य खेलहरूमा मेन्स ओपनतर्फ नेपालका शिर्ष वरियता प्राप्त खेलाडी प्ररण खनालले प्राञ्जल कायस्थलाई ६–१, ६–२ ले, विष्णु नेपालीले गौरब प्रताप शाहलाई ६–१, ६–३ ले, नेहार जंगबहादुर थापाले प्रमोद बहादुर थापालाई ६–०, ६–० ले, मनोज महर्जनले निशान्त श्रेष्ठलाई ६–०, ६–० ले, अक्कि जुवेन रावतले सौगात विकलाई ६–०, ७–६ ले तथा गोविन्द नेपालीले विवेक मगरलाई ६–०, ६–२ ले हराए ।

त्यस्तै उमन्स सिंगलतर्फ सलोनी तामाङ्गले रायना शाहलाई ६–४, ६–३ ले, शर्भानी श्रेष्ठले प्रकृती श्रेष्ठलाई ६–२ ६–० ले, भगवती विकले श्रेया भट्टराईलाई ६–३, ६–३ ले तथा गंगा शर्माले सुभांगि लक्ष्मी शाहलाई ६–१, ६–३ ले पराजित गरिन् । ३५ वर्ष माथिको पुरुष एकलतर्फ सन्तोष खत्रीले कमल भण्डारीलाई ३–६, ६–३ र सुपर टाईमा १०–६ ले, दावा शेर्पाले विकास गुरुङलाई ६–०, ६–१ ले, सञ्जय कुमार श्रेष्ठले प्रकाशराज वाग्लेलाई ६–४, ६–१ ले, भीष्म गुरुङले शबर मियालाई ६–०, ६–० ले, नविन श्रेष्ठले सोम मगरलाई ७–६, ६–२ ले, निरज थापाले मदन थापालाई ६–१, ६–१ ले, सीमान्त गुरुङले लक्ष्मण तामाङ्गलाई ६–७, ६–३ र सुपर टाईमा १०–१ को जित निकाले ।

४५ वर्ष माथिको एकलमा चन्द्र शाहीले सुकमान तामाङ्गलाई ६–२, ६–० ले, धरमसिंह लामिछानेले यज्ञबहादुर भण्डारीलाई ६–३, ६–२ ले, उत्तम लामाले रोहित सुनुवारलाई ६–४, ६–३ ले, उत्तम बोगटीले सुक्र शेरचनलाई ६–१, ६–० ले, विनोद कायस्थले गोपीबहादुर भट्टराईलाई ६–३, ३–६ र सुपर टाईमा १०–७ ले, शिव सेढाईले मनोज श्रेष्ठलाई ६–१, ६–० ले तथा हुम आलेले विकास गुरुङलाई ३–६, ६–३ र सुपर टाईमा १०–७ ले तथा विमल गुरुङले शरण गुरुङलाई ६–१, ६–० ले पराजित गरेका छन् ।

३५ वर्ष माथिको डवल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले प्रकास वाङगेल र इन्द्र गुरुङलाई ६–२, ६–२ ले, सीमान्त गुरुङ र भीष्म गुरुङ्गको जोडीले निरज थापा र विकास गुरुङलाई ६–२, ७–५ ले, राजन पौडेले र नविन श्रेष्ठको जोडीले सुकमान तामाङ्ग र दुर्गा केसीलाई ४–६, ६–४ र सुपर टाईमा १०–६ ले पराजित गरे ।

प्रतियोगिता अन्तर्गत ४५ वर्ष माथिको डवल्समा नविन चालिसे र बिरेन्द्र लामाको जोडीले पदम गुरुङ र राजकुमार घिमिरेको जोडीलाई प्रतिस्प्रधात्मक खेलमा ६–४, ५–७ र सुपर टाईमा १०–४ ले पराजित गरे । निरेश श्रेष्ठ र गोपालदास मानन्धरको जोडीले केवी थापा र अमृत कार्कीको जोडीलाई ६–४, ४–६ र सुपर टाईमा पराजित गरे । ५५ वर्ष माथिको डवल्समा मनोज राणा र राम रानाको जोडीले विष्णु गुरुङ र शान्ता श्रेष्ठको जोडीलाई सहज जित निकाल्न सफल भए । प्रतियोगिता अन्तर्गत मंगलबार पनि विभिन्न उमेर समुहमा प्रतिस्पर्धा हुने टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्