पतञ्जलीमा नयाँ कार्यसमिति



काभ्रे ।

पतञ्जली योग समिति काभ्रे र पतञ्जली महिला योग समिति काभ्रेमा नयाँ नेतृत्व चयनसँगै पदस्थापन भएको छ । वागमती प्रदेश सरकारका मन्त्री वसुन्धरा हुमागाईंको प्रमुख आतिथ्यतामा निर्विरोध निर्वाचित समितिका पदाधिकारीहरुले पदस्थापन गरेका हुन् ।

अध्यक्ष दमनकुमार श्रेष्ठले ८ वर्षपछि नयाँ समितिलाई पदभार हस्तान्तरण गरेको बताउनुभयो । ‘योग र योगको माध्यमबाट समाज परिवर्तनमा थोरै भए पनि योगदान दिने अवसर मिल्यो’, निवर्तमान अध्यक्ष दमन श्रेष्ठले भन्नुभयो– ‘विपद् तथा सामाजिक उत्तरदायित्व बहनमा पतञ्जली योग समितिमार्फत सेवा गर्ने अवसर उपलब्ध भएकोमा योग समितिका सम्पूर्ण सदस्यप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’ त्यस्तै, निर्वाचित अध्यक्ष हरिशरण श्रेष्ठले समितिले शुरु गरेका कार्यहरुको निरन्तरता दिँदै काभ्रे जिल्लालाई योगमय बनाउने उद्घोष गर्नुभयो ।

पतञ्जली योग समिति काभ्रेमा अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायस्थ, महामन्त्री मोहनकृष्ण श्रेष्ठ, संगठन मन्त्री श्यामकुमार श्रेष्ठ, कोषाध्यक्ष कान्छाकुमार श्रेष्ठ, मन्त्री माधव श्रेष्ठ रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा रघुनाथ कपाली, सुन्दरप्रसाद कर्णजित, राजेन्द्र चण्डी, वीरबहादुर पसखल, भुवनसिं कुँवर, कृष्णप्रसाद नराल, बोधनाथ बजगाईं, दामोदर तिमल्सिना, शुभराज अधिकारी रहनुभएको छ भने मिडिया प्रभारी डा. कृत्ति बैद्य, सञ्चार प्रभारी मिलन श्रेष्ठ, अडियो भिडियो प्रभारी अकुर शाह र शिक्षा प्रभारी शम्भु कँडेल रहनुभएको छ । समितिको संरक्षकमा ग्रुवेन तौजले, सुरकृष्ण वैद्य रहनुभएको छ । सल्लाहकार समितिमा दमनकुमार श्रेष्ठ, हिटलर शाक्य, अमृतलाल पलाञ्चोके र उद्धवप्रसाद तिमल्सिना रहनुभएको छ ।

त्यसै गरी, पतञ्जली महिला समिति काभ्रेमा अनु श्रेष्ठ अध्यक्ष रहनुभएको छ । उपाध्यक्षमा इन्दिरा तौजले, महामन्त्री कमला अधिकारी, कोषाध्यक्ष निर्मला कायस्थ, संगठन मन्त्री पुण्य श्रेष्ठ, मन्त्री लक्ष्मी उलक रहनुभएको छ । सदस्यहरुमा शोभा कायस्थ, भवानी गुरुङ, रामेश्वरी श्रेष्ठ, जानकी कारञ्जित, रेस्मा रञ्जितकार, शान्ति ताम्राकार, विद्या कारञ्जित, शर्मिला मानन्धर र शोभा नापित रहनुभएको छ । सल्लाहकारमा सरिता शाक्य, अञ्जना श्रेष्ठ, रेणुका प्रधान रहनुभएको छ ।

निवर्तमान अध्यक्ष अञ्जना श्रेष्ठले महिला सशक्तीकरण, नेतृत्व विकास र क्षमता अभिवृद्धिसँगै महिलाको स्वस्थ रहने अभियानमा महत्वपूर्ण सफलता मिलेको बताउनुभयो । नवनिर्वाचित अध्यक्ष अनु श्रेष्ठले योगमार्फत महिलाको सशक्तीकरण र स्वास्थ्यमा अझै ध्यान दिने बताउनुभयो ।

कार्यक्रममा पतञ्जली योग समिति काभ्रेका संरक्षक एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्य, पतञ्जली योग समिति वागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजले, सल्लाहकार उद्धवप्रसाद तिमल्सिना, रेडक्रस काभ्रेका पुर्वसभापति रघुवर चौ प्रधान, नेपाल पत्रकार महासंघ काभ्रेका सल्लाहकार मोतीराम तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्