एमालेको लोगो सार्वजनिक



लमजुङ, (नेस) ।

नेकपा एमाले लमजुङले ८औं जिल्ला अधिवशेनको लोगो सार्वजनिक गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं लमजुङ जिल्लाका सहइन्चार्ज जमिन्द्रमान घलेले लोगो सार्वजनिक गर्नुभएको हो ।

नेकपा एमाले प्रचार–प्रसार उपसमितिका संयोजक कृष्ण केसीका अनुसार पुस २३ देखि २५ गतेसम्म हुने ८औं जिल्ला अधिवशेनलाई मध्यनजर गर्री नेकपा एमाले प्रचार–प्रसार उपसमितिले लोगो निर्माण गरेको हो । लागो निर्माणले जिल्ला अधिवेशनको प्रचार–प्रसार गर्दा जिल्लाको पहिचानलाई समेत उच्च बनाइराख्ने संविधानसभाका सदस्यसमेत रहनुभएका केन्द्रीय सदस्य जमिन्द्रमान घलेले बताउनुभयो ।

लोगोमा लमजुङ हिमालबाट बगेको मस्र्याङ्दी नदी र जलविद्युत्को अपार सम्भावनालाई देखाइएको छ । साथै लमजुङ हिमालमाथि नेकपा एमालेको झण्डा फहराइएको छ । लोगोमा एमालेको झण्डा र गोलाकार सूर्यभित्र हँसियाहतौडा राखिएको छ । नेकपा एमाले प्रचार–प्रसार उपसमितिले लोगो निर्माण गरेसँगै ८औं जिल्ला अधिवेशलाई लक्षित गरी फेकबुक, ग्रुप पेज र इमेल आईडीसमेत बनाएको प्रचार–प्रसार उपसमितिका सदस्य–सचिव किसान संगीत नेपलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्