टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक लोकप्रिय



काठमाडौं, (नेस) ।

नेपाल टेलिकमले ल्याएको सजिलो अनलिमिटेड पोस्टपेड प्याकमा दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्कबिना नै प्याकेज अवधिभरी टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिने सुविधामा ग्राहक आकर्षित भएको जनाइएको छ ।

त्यस्तै प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिन्छ । उपलब्ध प्याकेज अनुसार प्रतिदिन १ जीबी, २ जीबी र ४ जीबी प्रयोग गर्न सकिने डाटा सकिएमा प्याकेजको बाँकी अवधिभरीका लागि सस्तो दरमा खरिद गर्न सकिन्छ ।

यस अन्तर्गत २९९ रुपैयाँमा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्