गैंडाको खागसहित ६ जना पक्राउ



काठमाडौं, (नेस) ।

संरक्षित वन्यजन्तु गैंडाको खागसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे बेदान गाउँपालिका–४ बस्ने वीरमान तामाङ, काभ्रे पाँचखाल नगरपालिका–६ बस्ने वेदबहादुर दनुवार, पाँचखाल नगरपालिका–३ घर भई सोही नगरपालिका–४ बस्ने सोहन कार्की रहेका छन् ।

त्यस्तै पक्राउ पर्नेमा पाँचखाल बस्ने नवराज गिरी, काठमाडौं बौद्ध बस्ने सिन्धुली घर भएका भीमबहादुर थिङ र भक्तपुर तेजविनायक गठ्ठाघर बस्ने काभ्रे खानिखोला गाउँपालिका–५ घर भएका भीम तामाङ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्