माओवादी नेता पुनलाई बैंककबाट चीन लगियो, स्वास्थ्य अवस्था थप जटिल


न्युज अफ नेपाल, काठमाडौं।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीन लगिएको छ । उनलाई शुक्रबार चीनकोथर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको नेता पुनको सचिवालयले जनाएको छ । विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको स्वास्थ्यमा सुधार नआएपछि चीन लगिएको उनले बताए ।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शिला बैंककबाट चीनको सेनजेन उडेका छन् । उनीहरू आजै मध्यान्ह अस्पताल पुगेर उपचार सुरु हुने बताइएको छ । ​थाइल्यान्डमा रहँदा चिकित्सकहरूले उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए ।

नेपालबाट बैंकक जाँदा जन्डिस (बिलरुविन)को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जन्डिससँगै शरीरका अन्य अङ्गहरूमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लगिएको हो ।

नेपालमा रहँदा ललितपुरस्थित सुमेरु अस्पताल र ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र पार्टीको सल्लाहमा बैंकक गएका हुन्। यसअघि जन्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएका बेला नेता पुनको बैंकस्थित सोही अस्पतालमा उपचार भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।