दाङमा १२ वर्षमाथिका सबैलाई फाइजर खोप लगाइँदै



देउखुरी ।

कोभिड–१९ विरुद्ध दाङका बालबालिकालाई फाइजर खोप लगाउन सुरु गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षभन्दा माथिका सबै बालबालिकालाई फाइजर खोप शनिबारदेखि लगाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि १२ वर्षभन्दा माथिका दीर्घ रोग भएका बालबालिकालाई यो खोप लगाइएको थियो । शनिबारदेखि सबै बालबालिकालाई फाइजर खोप लगाउन थालिएको बताइएको छ ।

खोप लगाउन आउने बालबालिकाले जन्म दर्ताको प्रमाणपत्र लिएर आउन भनिएको छ । विद्यालयले पालैपालो विद्यार्थीलाई खोप केन्द्रमा पठाउने गरेका छन् । यही मङ्सिर ७ गतेसम्म खोप लागाइने स्वास्थ्य कार्यालयका स्थानीय स्रोत व्यक्ति कमल चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्